Section 18
दर्ता कार्यालयबाट जानकारी प्राप्त गर्न सकिने
(१) दर्ता कार्यालयले आफूसँग कुनै जानकारीको लागि अनुरोध गर्ने कुनै पनि व्यक्तिलाई देहायबमोजिम जानकारी उपलब्ध गराउनु पर्नेछः–
(क) धितो दिने कुनै खास व्यक्तिको नाम उल्लेख गरेको र सबै धितो लिने व्यक्तिहरुको हकमा बहाल रहेको सूचना दर्ता कार्यालयले तोकेको मिति र समयमा दर्ता भएको वा नभएको कुरा,
(ख) प्रत्येक सूचनाको दर्ता नम्बर र सो सूचना दर्ता भएको मिति र समय,
(ग) प्रत्येक सूचनामा उल्लिखित धितो लिने र धितो दिने व्यक्तिको नाम र ठेगाना,
(घ) प्रत्येक सूचना वा संशोधनको सूचनामा उल्लिखित धितोको सम्पत्तिको विवरण, र
(ङ) प्रत्येक प्रारम्भिक सूचनासँग सम्बन्धित प्रत्येक अभिलेखको दर्ता नम्बर र सो दर्ता भएको मिति, समय र सो अभिलेख संशोधन, निरन्तरताको विवरण, सच्याउने विवरण वा समाप्तिको विवरण के हो भनी पहिचान गर्ने कुरा ।
(२) देहायको कुनै पनि कुरा खुलाई अभिलेखको खोजी गर्न दर्ता कार्यालयमा अनुरोध गर्न सकिनेछः–
(क) प्रारम्भिक सूचनाको दर्ता नम्बर,
(ख) क्रमसंख्या अङ्कित सवारी साधनको क्रमसंख्या,
(ग) धितो दिने व्यक्ति नेपाली नागरिक भए निजको नागरिकता प्रमाणपत्रको नम्बर, वा
(घ) धितो दिने व्यक्ति गैर नेपाली नागरिक भए निजको नाम तथा राहदानी नम्बर ।
(३) दर्ता कार्यालयले आफ्नो कर्तव्यको पालना गर्दा कुनैपनि माध्यमबाट सूचना वा जानकारी संपे्रषण गर्न सक्नेछ ।